पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज मंगलबार अमेरिकी डलरको भाउ घटेको छ ।
आज डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा थियो । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा छ ।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको छ ।