कोरोना संक्रमण बढेपनि क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउँदै चीन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय चीनमा फेरि कोरोनाको संक्रमण तीव्र रुपमा बढ्न थालेको चिनिया सञ्चारमा माध्यमले समाचार प्रकाशन गरिरहेका छन् ।

तर कोरोना संक्रमण बढिरहे पनि चीनले विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउने भएको छ । आगामी ८ जनवरीदेखि चीन जाने विदेशी यात्रुहरु क्वारेन्टिनमा बस्नुपर्ने छैन ।

सन् २०२०को मार्च महिनायता चीन जाने सबै विदेशी यात्रुहरुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम थियो । यद्यपि क्वारेन्टिमा बस्नुपर्ने अवधि सुरुमा तीन हप्ता रहे पनि त्यसलाई घटाउँदै पाँच दिनमा कायम गरिएको थियो । चीन सरकारले केही दिनयता लगातार कोभिडसँग सम्बन्धित प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेको छ ।

नयाँ नियम अनुसार चीनले कोभिडलाई ए श्रेणीको संक्रामक विरामीबाट बी श्रेणीमा झारेको चीनको स्वास्थ्य आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको अर्थ अब क्वारेन्टिनमा बस्नुनपर्ने बीबीसीको समाचारमा उल्लेख छ ।

यसैगरी ‘नोबेल कोरोना भाइरस निमोनिया’को नाम परिवर्तन गरेर ‘नोबेल कोरोना भाइरस संक्रमण’ राख्ने निर्णय समेत भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

  • १२ पुष २०७९, मंगलवार ०९:५५ प्रकाशित