एमालेका विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थको जिम्मा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा पाउने भएका छन् ।

पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् । उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका छन् । त्यस्तै एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन् ।

  • ११ पुष २०७९, सोमबार १५:२९ प्रकाशित