अमेरिकामा हिम आँधी : हालसम्म ३८ को ज्यान गयो

केन्द्रभाग मिडिया

एजेन्सी ।

उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा अहिलेसम्म कम्तिमा ३८ जनाको ज्यान गएको पुष्टि भएको छ ।

अमेरिकी अधिकारीहरुको अनुसार आँधीका कारण अमेरिकामा मात्रै ३४ जनाको ज्यान गएको छ । भने क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको हो।

आँधीको सबैभन्दा बढी प्रभाव न्युयोर्क राज्यको बफेलो सहरमा देखिएको छ ।उत्तर अमेरिका विगत केही दिनदेखि यस आँधीको चपेटामा परेको छ । तर विद्युत आपूर्ति सामान्य भइरहेको देखिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार आइतबार दिउँसोसम्म मात्रै दुई लाख मानिससम्म विद्युत आपूर्ति भइरहेको छैन । यसअघि यो संख्या १७ लाख थियो ।

यस आँधीका कारण हजारौं उडान रद्द भएका छन् ।

  • ११ पुष २०७९, सोमबार ०९:३४ प्रकाशित