प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए ।

आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकालले प्रचण्डलाई दलहरूले प्रधानमन्त्री बनाउने सहमति गरेकोबारे खबर आएको संकेत गरे।

  • १० पुष २०७९, आईतवार १५:५८ प्रकाशित