त्रिवि अन्तर्गतका क्याम्पसमा पुस १७ गतेदेखि बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन् ।हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ ।

क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा दिन सक्ने तर पुस १७ गतेपछि मात्रै यो नियम लागू हुनेछ ।त्रिभुवन विश्वविद्यालयले यसअघि पनि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिँदै आएको थियो ।

  • ८ पुष २०७९, शुक्रबार ११:२८ प्रकाशित