त्रिभुवन विमानस्थलमा उडान प्रभावित

केन्द्रभाग मिडिया

काठमाडौँं।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि विमानस्थलबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए ।

उनको अनुसार खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छमौसममा सुधार आएपछि नियमित रुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।

  • ७ पुष २०७९, बिहीबार १०:२३ प्रकाशित