पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पाचौं दिन आज बिहीबार पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसा छ ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ २० पैसा र बिक्रीदर १३२ रुपैयाँ ८० पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९७ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ ।