एमालेको सर्कुलर :‘सांसदलाई राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।

पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए ।

संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ ।

  • ६ पुष २०७९, बुधबार १४:३३ प्रकाशित