हेटौँडा ।
पोखरा आउँदे गरेको बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी(९ खरङगामा आज बुधवार बिहान झापाबाट पोखरातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिजार काँकडभिट्टाबाट स्याङ्जातर्फ आउँदै गरेको ना ५ ख ६१०३ नम्बरको बसमा सवार भई आएकोमा मनहरीमा चिया पिउन रोकिएको अवस्थामा बसबाट ओर्लिएर बाटो क्रस गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मिजारको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मिजारको शव अस्पतालमा रहेको छ भने ठक्कर दिने बस र चालक रुपन्देही बुटवल उपमहानगरका(११ बस्ने ४० वर्षीय सिमबहादुर पल्लि मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














