पोखरा ।
हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, सुदुरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु कुहिरो रहेको छ ।
दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।













