पोखरा ।
पोखरा महानगरपालिकाले घर नक्शा नियमित /अभिलेखिकरणको म्याद थप गरेको छ । महानगरपालिकाको कार्यपालिका बैठकले थप ३५ दिन भ्याद थपको निर्णय गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।
महानगरले गएको कर्तिक ३१ गते देखि लागु हुने गरी ९० दिनको सूचना जारी गरेको थियो ।
घर नक्शा नियमित/ अभिलेखीकरण गर्न वडामा तोकिएको ढाँचामा निवेदन दिन महानगरले भनेको छ ।














