काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुंगो भने पछि लगाइने बताए ।













