काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने जिकिर गरेका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरे ।
अहिले एमालेबाहेकका दलका नेताहरुमा सरकार के का लागि बनाउने भन्दा पनि पद प्राप्त कसरी गर्ने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र आकांक्षा देखिएको ओलीले बताए ।
यसैबीच ओलीले कसको नेतृत्वमा र कसको सरकार भन्ने अन्यौल रहेको बताएका छन् ।उनले भने, ‘कस्तो सरकार बन्छ रु कसको नेतृत्वमा बन्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।’













