शेखर-गगन समूहको छुट्टै बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलमा को उम्मेदवार भन्ने विषयमा छलफल गर्न बसेको शेखर—गगन समूहको बैठक सकिएको छ ।

होटल एम्बासडरमा बसेको बैठकले अहिले नै कुनै निर्णय सार्वजनिक गरेको छैन । बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी थिए ।

यद्यपि आजै ११ बजे आफ्नो समूहका अन्य नेताहरुसँग पनि छलफल गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

आजै दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

  • ५ पुष २०७९, मंगलवार ११:०० प्रकाशित