मन्त्री खान र सरकारमा जान हतार गर्दैनौं : राजेन्द्र लिङ्देन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजाने विषयमा पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्री खान र सरकारमा जान हतार नगर्ने बताएका हुन् ।

हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु’ नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भने ।

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यही अनुसार अघि बढ्ने लिङ्देनले बताए ।

  • ४ पुष २०७९, सोमबार १६:५५ प्रकाशित