सिके राउत भन्छन्,‘मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेसका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको बताए ।

उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभूत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए ।

  • ४ पुष २०७९, सोमबार १६:१७ प्रकाशित