कांग्रेस संसदीय दल नेताको चुनाव पुस ६ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

  • ४ पुष २०७९, सोमबार १५:३१ प्रकाशित