काठमाडौं ।
देशभर चिसो बढिरहेको छ । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।














