आज डलर र युरोको भाउ कति पुग्यो ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज (सोमबार)डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६६ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ ।

  • ४ पुष २०७९, सोमबार ०९:५४ प्रकाशित