पब्जी विश्वकपमा नेपाली दुई टोली फाइनलमा : १–१ करोड रकम पाउने निश्चित

केन्द्रभाग मिडिया

काठमाडौं ।

पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली फाइनलमा पुगेका छन् ।युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेममा नेपालका द रियल सोल्जर्स (डीआरएस)र ट्रेन्ड टु किल (टिटुके)अन्तिम चरणमा पुगेका हुन् ।

चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगिताको सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ ।

पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ ।

  • ४ पुष २०७९, सोमबार ०९:४३ प्रकाशित