एजेन्सी ।
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड पाएका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो पटक हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।
विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।