समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फका समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएका छन् ।निर्वाचन आयोगले आइतबार समानुपातिक सबै सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

प्रतिनिधिसभातर्फ ११० र सातै प्रदेशका विभिन्न दलका २२० उम्मेदवार गरी जम्मा ३३० जना समानुपातिक सांसद छन् ।प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७, जसपाबाट ५ र जनमत पार्टीबाट ५ सांसद छन् ।

  • ३ पुष २०७९, आईतवार १६:०७ प्रकाशित