जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

चितवन ।

चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

  • ३ पुष २०७९, आईतवार १०:३५ प्रकाशित