काठमाडौं ।
पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढेको छ ।
नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो।
शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।
दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।
सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ ।
देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् । स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।
‘














