पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (आइतबार)डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा थियो।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४१ पैसा छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ ।