मध्यावधि निर्वाचन हुने खतरा छः टोपबहादुर रायमाझी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धनलाई सरकार बनाउन जनताले जनादेश नदिएको बताएका छन्। आज नेकपा एमाले अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाइ कार्यक्रममा रायमाझीले पाँच दल मिल्दा पनि जनताले सरकार बनाउन गठबन्धनलाई बहुमत नदिएको बताए।

एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको उनले बताए। अहिलेको अवस्था सरकार गठनका लागि अन्य दलको साहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले स्पष्ट पारे ।

उनले गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, वामपन्थी बाहेकको सरकार बनाउने, वामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चारवटा सम्भावना रहेको उल्लेख गरे । सरकार गठनका विषयमा ठूला दलहरु बेलैमा गम्भीर नभए देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको उनको भनाइ छ।

उनले गठबन्धन सरकारले मुलुकको आर्थिक लगायतका क्षेत्रलाई अस्तव्यस्त पारेकाले अव बस्ने सरकारले मुलुकलाई सही ठाँउमा ल्याउनुपर्ने बताए ।

  • २ पुष २०७९, शनिबार १७:५० प्रकाशित