अन्तर्राष्ट्रिय बजारमा घट्दै कच्चा तेलको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्य घट्न थालेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार निरन्तर कच्चा तेलको भाउ घट्न थालेको हो । कुनै समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो ।

तर, यतिबेला डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७४।२९ डलर छ । यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९।०४ डलर छ । डब्लूटीआई अमेरिकामा उत्पादन तथा बिक्री वितरण हुने कच्चा तेल हो । यस्तै, ब्रेन्ट कच्चा तेल अरबमा उत्पादन हुन्छ भने विश्वभर बिक्री वितरण हुन्छ ।

खासगरी, रुस–युक्रेन युद्धका कारणले विश्वबजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको थियो । युद्धका कारण रुसमा उत्पादन हुने तेलको निर्यात रोकिँदा खाडी क्षेत्रले मात्रै विश्वभरको तेलको माग धान्नपर्ने स्थिती थियो । फलस्वरूपः मूल्य निरन्तर उकालो लागेको थियो ।

  • २ पुष २०७९, शनिबार १३:४८ प्रकाशित