पर्वतबाट सुन्तला बोकेर आएको जीप हेम्जामा दुर्घटना : शिवचोककी बसन्तीको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको हेम्जामा आज(शुक्रबार) दिउँसो जीप दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ ।

पर्वतबाट सुन्तला बोकेर पोखरा आइरहेको जीप पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा दुर्घटनामा पर्दा एकको ज्यान गएको छ भने एक घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

दुर्घटनामा परि तनहुँ व्यास नगरपालिका ५ बाह्रबिसे स्थायी घर भई हाल पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगरको ज्यान गएको प्रहरीले बताएको छ।

पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको उक्त बोलेरो जीप करिब दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको हो ।

प्रहरीको अनुसार जीपले अनियन्त्रित भई दायाँतर्फको विद्युतको पोलमा ठोक्किएको थियो। दुर्घटनापछि घाइते मगरको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुराइएकोमा डाक्टरले मृत घोषणा गरेको हो ।

दुर्घटनामा परि म्याग्दीको मंगला गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ४७ वर्षिय गजेन्द्र पुन घाइते भएका छन् ।उनको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीपका चालक भने फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

  • १ पुष २०७९, शुक्रबार १६:५२ प्रकाशित