स्वास्थ्यमा सुधार आएसँगै अर्को हप्ता स्वदेश फर्किदैँ वर्षमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

स्वास्थ्यमा सुधार आएपछि पुन अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए ।

‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’ उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एकरदुईवटा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ ।

  • १ पुष २०७९, शुक्रबार १५:२१ प्रकाशित