पोखरा ।
ईदि मर्दि एण्ड आर वि हाइड्रोपावर लिमिटेडले नगद लाभांश वितरण गर्ने भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको हो। संस्थाको पोखरामा सम्पन्न १३ औं साधरण सभाले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इदी मर्दि इन्भेस्टमेन्ट प्रा।लि।का अध्यक्ष तथा संस्थाका संस्थापक शेयर सदस्य हितकाजी गुरुङले नेपालमा हाइड्रो क्षेत्रमा ठूलो लगानी भित्रिनुको श्रेय उद्योगपति एवं समाजसेवी स्व। सूर्य बहादुर केसीलाई जाने बताए । स्थापनाको छोटो समयमा कम्पनीले गरेको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा संस्थाका सञ्चालक किरण केसीले संस्थाले छोटो समयमा प्राप्त गरेको मायाबाट आफूलाई खुःशी लागेको बताउँदै संस्थामा जोडिने शेयर सदस्य, सेवाग्राही, कर्मचारी लगायत सबैलाई धन्यवाद व्यक्त गरे ।
संस्थाका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ, कम्पनीका सचिव निरज पौडेल लगायतले बोलेका थिए ।
२०६६ फागुन ११ गते स्थापना भएको संस्थाले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ७ मेगावाट क्षमताको माथिल्लो मर्दीखोला साना जलविद्युतमार्फत २०७६ असोज २० गतेदेखि व्यवसायिक उत्पादन शुरु गरिसकेको छ ।