सञ्चारमन्त्री कार्कीको आग्रह: भने,‘सञ्चारमाध्यमले सरकारको स्तुति गान मात्रै नगाउनुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुति गान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् ।

शुक्रवार ‘द राइजिङ नेपाल’को ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुति गान मात्रै गाउनु नहुने बताएका हुन् । उनले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुति गान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गरे ।

सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उनको आग्रह छ । उनले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गरे ।

मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताए।

  • १ पुष २०७९, शुक्रबार १४:४२ प्रकाशित