साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलरको भाउ बढेको छ ।

आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा थियो।

यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७५ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा रहेको छ ।

  • १ पुष २०७९, शुक्रबार ०९:४६ प्रकाशित