सांसदहरुको शपथ लगत्तै दलको नेता चयन गर्दै माओवादी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।

नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै भएकाले अरू नेता कसैले दाबी गरेका छैन ।

त्यसैले दलको नेता विस्तारै चयन हुने माओवादी नेता एवम नव निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले बताइन् ।

  • २९ मंसिर २०७९, बिहीबार १६:२७ प्रकाशित