कन्सर्टका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई अध्यागमनले फिर्ता पठायो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिइन् । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।

‘मैले यसअघि पनि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे जानकारी गराएँ, तर उहाँहरुले मान्नुभएन,’ उनले भनिन्, ‘काठमाडौं दूतावासमा गएर पुनः पी–३ भिसा लिएर आउन उहाँहरुले भन्नुभएको छ । सोहीअनुसार दूतावासमा पुगेर काउन्सिलरसँग कुरा गर्छु ।’

  • २९ मंसिर २०७९, बिहीबार १५:४६ प्रकाशित