माओवादी गण्डकी प्रदेश कमिटीको बैठक : आत्मसमीक्षा गर्न प्रचण्डको निर्देशन

केन्द्रभाग मिडिया

पोखरा। आज नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक बसेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा पोखरामा बैठक बसिरहेको प्रदेश कमिटीले जानकारी दिएको छ ।बैठकमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समीक्षा र गण्डकी प्रदेश सरकार गठनलगायतका बिषयमा छलफल भइरहेको छ ।

बैठकलाई प्रचण्डले प्रशिक्षण दिनुका साथै निर्वाचनको बारेमा आत्मसमीक्षा गरेर अघि बढ्न पार्टी कमिटीलाई निर्देशन दिएका छन् ।

  • २८ मंसिर २०७९, बुधबार १३:०३ प्रकाशित