पोखरा सहित देशभर बढ्यो चिसो, आज पोखराको तापक्रम कति छ ?

केन्द्रभाग मिडिया

पोखरा लगाएत आज देशै भर चिसो बढेको छ । मौषम विज्ञान कार्यालय पोखरा अन्तर्गतको एयरपोर्ट शाखाले दिएको जानकारी अनुसार आज(बुधबार) पोखराको न्युनतमत तापक्रम ९.८ डिग्री सेल्सियस मापन भएको छ ।हिजो न्युनतमा ९.० डिग्री सेल्सियस थियो ।
चिसोले हिजोदेखि जनजीवन प्रभावित हुन थालेको छ ।उता पश्चिम तराईमा शीतलहर सुरु भएको छ । बिहानैदेखि कैलाली जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ ।

बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दै आएका किसान चिन्तित भएका छन् ।

जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ ।

  • २८ मंसिर २०७९, बुधबार ११:४६ प्रकाशित