पोखरा ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला दलको प्रभाव कायम राख्ने हो भने कांग्रेस र एमालेको बीचमा सहकार्य हुनुपर्ने तर्क गरेका छन् । पोखरामा बुधबार विहान प्रेस चौतारीले कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका हुन् ।
कांग्रेस र एमालेको सहकार्य राजनीतिक स्थायित्वका हिसावले बाध्यात्मक रहेपनि कांग्रेस यसमा अग्रसर नरहेको उनले सुनाए । ‘राजनीतिक स्थात्वि कायम गर्ने हो भने, ठूला दलहरुको भरोसालाई जनतामा कायम राख्ने हो भने, कांग्रेस र एमालेका बीचमा सहकार्य हुनुपर्छ । यि दुई दल बीचको सहकार्य राजनीतिलाई स्थात्वि दिने हो भने बाध्यात्मक छ । तर कांग्रेस यसमा अग्रसर छैन’ उनले भने ।
सरकार गठनको तीन मोडेल प्रस्तुत गरेको उनले गठबन्धनकै नेतृत्वमा सरकार बनोस भन्ने आफूहरुले चाहको बताए । आफूहरुले सरकार बनाउने जनादेश नपाएको भन्दै उनले सरकार विहिनताको अवस्था आउने भएमात्र विकल्पमा एमालेले सोच्ने धारणा राखे ।
महासचिव पोखरेलले कांग्रेस र एमाले मिलेर जाने सम्भावना भने नरहेको प्रष्ट पारेका छन् । कांग्रेसको अनिक्षाकै कारण त्यो तत्कालका लागि सम्भव नभएको उनको भनाई छ । बैचारिक राजनीतिक दृष्टिकोणले भने बामपन्थी दलहरुकै बीचमा सहकार्य हुनुपर्ने उनले बताए । त्यसको प्रयास यस अगाडि भएपनि प्रचण्ड र माधव नेपालले त्यो प्रयास असफल भएको उनले धारणा राखे ।
निर्वाचनबाट मुलुकका समस्या समाधान भन्दापनि जटिलता पैदा गर्नेखालको परिणाम आएको उनको भनाई छ । उनले गठबन्धन प्रति जनताको विश्वास नरहेको र एमालेलाई सरकार गठनको जनादेश नभएको भन्दै मुलुक थाप राजनीतिक अस्थिरता तर्फ फस्ने बताए । गठबन्धन देशको समस्याको समाधान नभएको उनको भनाई थियो ।
रास्वपासहित अन्य दलहरुको उदयलाई उनले राष्ट्रिय र ठूला राजनीतिक दलहरु विरुद्धको प्रयोग एसियाकै शक्ति संघर्षको परिणामको रुपमा चित्रित गरेका छन् । उनले नयाँ रुपमा आएका दलहरुसंग पनि एमालेले मित्रवत व्यवहार गर्ने जानकारी गराए ।













