पोखरा ।
विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ । विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन्। दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा) को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो ।
विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो। तर फिफा को नियमअनुसार नै उद्घाटन खेल र अन्तिम ३ खेल निःशुल्क देखाउनुपर्ने अवस्था छ ।
सोहीअनुसार अब अतिरिक्त शुल्क नतिरेकाले पनि विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । नेपालका लागि प्रसारण अधिकार मिडिया हबले पाएको छ। जसले हिमालयन टेलिभिजनको सहयोगमा विश्वकप देखाइरहेको छ। अबको खेल सित्तैमा हिमालय एचडी टीभीबाटै हेर्न पाइने जानकारी मिडियाहबले दिएको छ।















