काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते ९भोलि० देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आइतबार जनाएअनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने भएको हो ।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।













