संघीय संसदका महासचिव भरतराज गौतमले महाभियोग निष्प्रभावी भएको पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउने भएका छन्। आइतबार सर्वोच्च अदालतलाई पत्र लेख्दै महासचिव गौतमले अन्तरिम आदेशको लिखित जवाफका क्रममा सबै उत्तर पेश गर्ने उल्लेख गरेका छन्।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले महाभियोग निष्प्रभावीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सचिवालयसँग सात दिनभित्र जवाफ माग गरेको थियो। यसअघि बुधबार महासचिव गौतमले महाभियोग निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्चको पूर्ण इजलासले आधार र कारण स्पष्ट गर्न भन्दै जवाफ मागेको थियो ।














