फुटपाथका खुद्रे व्यापारीलाई लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् । काठमाडौं महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित गरेपछि डा. भट्टराइको यो पछिल्लो भनाइ आएको हो ।

सामाजिक सञ्जालमा आज ट्वीट गर्दै उनले लेखेका छन्, “अर्वान एण्ड रिजनल डेभलपमेन्ट प्लानिङको विद्यार्थीको नाताले भन्छु– शहरीकरण, अनौपचारिक श्रम–अर्थतन्त्र, धनी–गरीबको विभेदीकरण संक्रमणकालीन समाज–अर्थतन्त्रको संरचनात्मक समस्या हो।”

यसको दिगो समाधानका लागि लाठी बन्दुक नभई योजनावद्ध व्यवस्थापन र उचित पुनस्र्थापना भएको उनले बताएका छन् । उनले लेखेका छन्, “यसको दिगो समाधान लाठी बन्दूक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र बिष्फोट हुन्छ, चेतना भया ।”

  • २४ मंसिर २०७९, शनिबार १५:०२ प्रकाशित