पत्रकार बञ्जारा सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।

पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले ई. स्व लेख बहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बरका दिन प्रदान गरिँदै आएको पुरस्कार शुक्रबार बञ्जारालाई प्रदान गरिएको हो ।

पत्रकार महासंघ गण्डकीका सचिव एवं सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष्य समेत रहेका बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारीता शुरुवात गरेका थिए ।

सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्र कृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बन्जारालाई छनोट गरेका थिए उक्त पुरस्कारबाट दीपक परियार अर्जुन गिरी बासुदेव मिश्र यस अघि सम्मानित भइसकेका छन् ।

  • २४ मंसिर २०७९, शनिबार ०८:४६ प्रकाशित