पत्रकार विष्ट युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।

पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले स्थापना र सञ्चालन गरेको उक्त पुरस्कार राशि नगद २० हजार र ताम्रपत्रसहित पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शुक्रबार साँझ सम्मानित गरेका हुन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

२ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार र गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् ।

सम्मान ग्रहण गर्दै सम्मानित भएका विष्टले आफूले युआरएल पत्रकारिता पाउनु संयोग भएको बताए । निरन्तर लगनसिल भएर काम गरे ढिलो चाँडो सम्मानित भइने भन्दै उनले यसपाली आफूलाई संयोग मिलेको धारणा राखे ।

यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।

  • २४ मंसिर २०७९, शनिबार ०८:३५ प्रकाशित