मणिपाल अस्पतालको तेस्रो तलाबाट खस्दाँ सराङकोटकी धनसरीको ज्यान गयो

केन्द्रभाग मिडिया

कास्की ।

पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरी मुटुसम्बन्धी बिरामी भएर भर्ना भएकी छारीलाई भेट्न अस्पताल पुगेकी थिइन । उनकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।

तेस्रो तलाबाट खसेकी उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • २३ मंसिर २०७९, शुक्रबार १४:५१ प्रकाशित