गोरखामा गुडिरहेको स्कारपियोमा आगलागी

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखामा गुडिरहेको एक स्कारपियोमा आगलागी भएको छ ।

गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत गण्डकी गाउँपालिका–७ स्थित चुल्ठे भीरमा गुडिरहेको स्कारपियो गाडीमा अचानक आगलागी भएको छ। विहिवार दिउसो गुडिरहेको स्कारपियो अचानक आगो लागेको हो ।

काठमाडौँबाट गोरखाको फुजेल जाँदै गरेको उक्त स्कारपियो मा गुड्दागुड्दै आगलागी भएको चालक लक्ष्मण लामिछानेले जानकारी दिए। गाडीको इन्जिनमा समस्या आएर विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने चालक लामिछानेले बताएका छन्। आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

गाडीमा ६ जना यात्रु सवार थिए । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

  • २३ मंसिर २०७९, शुक्रबार ०९:५८ प्रकाशित