थाई सेनाको कारबाहीमा मारिए १५ जना लागूऔषध तस्कर

केन्द्रभाग मिडिया

एजेन्सी ।

थाइल्याण्डका सैनिकको कारबाहीमा १५ लागुऔषध तस्कर मारिएका छन् ।

उत्तरी थाइल्याण्डमा प्रवेश लागेका उनीहरु थाई सेनाको कारबाहीमा मारिएका हुन् ।थाइल्याण्ड, म्यानमार र लाओसको मिलन हुने ’गोल्डेन ट्रायङ्गल’ नजिकै लामो समयदेखि तस्करीको अखडाका रुपमा रहेको उक्त विवाद भएको हो ।

उत्तरी च्याङ माई प्रान्तमा गस्ती गरिरहेका निगरानी अधिकारीहरूले म्यान्मारको दिशाबाट हिँडिरहेका करिब २० जनालाई भेटेको छ वटा सीमा प्रान्तको अनुगमन गर्ने फा मुआङ टास्क फोर्सका एक अधिकारीले बताए ।

अनुसनधानका लागि रोकिन आदेश दिएपछि समूहका सदस्यले गोली चलाएको र सैनिकले जवाफी फायरिङ गर्दा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घटनास्थलबाट ३० बोरा लागुऔषध बरामद गरिएको अधिकारीले बताएका छन् ।

  • २२ मंसिर २०७९, बिहीबार १६:०२ प्रकाशित