हत्या प्रकरणमा मुछिएपछि वर्तमान र निवर्तमान वडाध्यक्ष परे पक्राउ

केन्द्रभाग मिडिया

कैलाली ।

दार्चुलामा भएको एक हत्या प्रकरणमा मुछिएपछि वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ परेका छन् ।

दार्चुलाको ब्याँस गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको हो ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएर अर्को दिन हत्या गरिएको अवस्थामा फेला परेका बिस्टको घटनामा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

४० वर्षीय विष्ट मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए । विष्टको शरीरमा चोटपटक लागेको थियो ।

  • २२ मंसिर २०७९, बिहीबार १०:४८ प्रकाशित