चोलेन्द्रमाथिको महाभियोग कायमै छ, आउने संसद्ले निर्णय गर्छ : प्रवक्ता कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् ।

संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन चिट दिएपछि कानुनमन्त्रीको समेत जिम्मेवारी पाएका कार्कीले यस्तो बताएका हुन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेकाले अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने बताए ।

‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को प्रतिनिधि सभामा छलफलका लागि पठाइएको हो । त्यसैले त्यो विषय जीवितै छ’, मन्त्री कार्कीको भनाइ छ । उनले महाभियोग सार्वभौम संसद्को सम्पत्ति भएको समेत बताएका छन् ।

  • २१ मंसिर २०७९, बुधबार १५:३९ प्रकाशित