काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च फर्किने तयारीमा रहेको बताइएको छ।
उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रियसँगै सर्वोच्च फर्किने तयारी गरेका हुन् । संसदका महासचिव डा.भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् ।
जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।यससँगै जबराको निलम्बन हटेको छ ।













